भारतमा विपक्षी दलका ३० जनाभन्दा धेरै सांसद लोकसभाबाट निलम्बित

 पुस २, २०८० सोमबार १७:२१:३६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतको लोकसभामा विपक्षी दलका ३० जनाभन्दा धेरै सांसद निलम्बित भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार सांसदहरूलाई हिउँदे अधिवेशनको बाँकी दिनका लागि निलम्बन गरिएको हो ।

यसअघि अघिल्लो हप्ता नै १३ जना सांसदलाई लोकसभाबाट निलम्बन गरिएको थियो । विपक्षी सांसदहरूले डिसेम्बर १३ तारिखमा संसदमा भएको सुरक्षा लापर्बाहीको मुद्दा उठाउँदै आज साेमवार बिहानैदेखि नाराबाजी गरेका थिए । उनीहरूले सुरक्षा लापर्बाहीबारे गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सभामुखले ३० जनालाई निलम्बन गरिएको घोषणा गरेका समाचारमा उल्लेख छ ।

याे कदमको प्रतिपक्षले कडा आलोचना गरेको छ । कांग्रेसका सांसद गौरव गोगोईले भारतीय जनता पार्टी (बीजेपी) ले मौलिक अधिकारलाई कुल्चिइरहेको आरोप लगाउनुभएको छ । लगातारको अवरोधका कारण लोकसभाको बैठक आज स्थगित भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया