भारतमा निलम्बनमा पर्ने सांसदको सङ्ख्या १ सय ४१ जना पुग्यो

 पुस ३, २०८० मंगलबार १४:५८:३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतको लोकसभाबाट आज थप ४९ जना सांसद निलम्बनमा परेका छन् । यसै महिनाको १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

आज निलम्बनमा पर्नेहरूमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेका छन् । संसद्को सुरक्षा लोकसभा अध्यक्षको अधिकारको विषय भएको तर विपक्षीले गृहमन्त्रीको जवाफ किन मागिरहेका छन् भन्ने प्रश्नमा अब्दुल्लाहले भन्नुभएको छ, ‘प्रहरी गृह मन्त्रालय मातहत छ, गृहमन्त्री पाँच मिनेटका लागि सदनमा आएर गल्ती स्वीकार गर्दा के जान्छ ?’

नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै विपक्षीहरूले संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् ।

पछिल्लो एक हप्तामा लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् । हिजो साेमवारमात्रै ७८ जना सांसद निलम्बनमा परेका थिए । सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको छ, ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसदहरू निलम्बनमा परेका हुन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया