कर्णाली र सुदूरपश्चिमका पहाडी एक/दुई ठाउँमा आज हल्का वर्षाको सम्भावना

 पुस ७, २०८० शनिबार ७:३४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा नै रहनेछ । देशका अरु ठाउँमा बदली भएको मौसममा भोलिदेखि हल्का सुधार हुने अनुमान छ ।

काठमाण्डौमा पनि अहिले मौसम बदली नै देखिएको छ । हिजोभन्दा आज न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले बढेको छ । हिजो ५ दशमलव ६ डिग्री रहेको न्यूनतम तापक्रम आज बिहान ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । मौसमविद् गोविन्द झाका अनुसार केही दिनयता काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम एक/दुई डिग्री तलमाथि भइरहेको छ । केहीदिन यस्तै अवस्था रहनेछ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया