ग्लोबल आईएमई बैंकको विशेष घर कर्जा योजना : न्यूनतम ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा ऋण पाइने

 पुस ७, २०८० शनिबार ९:४०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले एकल अङ्कमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । 

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै,  विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहनु भएकाहरुले सहज रुपमा कर्जा सार्न सक्ने बैंकले जनाएकाे छ । 

विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९ दशमलव ९९ देखि १० दशमलव ९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १० दशमलव ९९ देखि ११ दशमलव ४९ प्रतिशत र १० वर्षभन्दा बढीकाे अवधिका लागि ११ दशमलव ४९ देखि ११ दशमलव ९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा दशमलव १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । बैंकले ग्राहकलाई छिटो, छरितो एवम् सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यसहित आवश्यक कागजातहरु पेस गरेको ३ दिनभित्र विनाझन्झट कर्जा प्रवाह गरिने जनाएकाे छ । 

देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३ सय ५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सकिने भएका छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया