ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
धादिङ – एचआईभी संक्रमित महिलाले विष सेवनबाट आत्महत्या गरेपछि उनको पोस्टमार्टम गर्न जिल्ला अस्पतालका डाक्टारले इन्कार गरेका छन् ।
अवश्यक उपकरण र पोस्टमार्टम गर्दा लगाउने सुरक्षा दिने किसिमको कपडालगायतका सामाग्री नभएकोले शिक्षण अस्पतालमा प्रेषण गरिएका डाक्टर पुष्कर पन्तले संचारकर्मीहरुसँग आक्रोसित हुँदै भन्नुभयो ‘म गर्न सक्दिन भनेपछि किन धेरै सोधिखोजी गर्न आएको ? एचआईभी संक्रमित भएकोले मलाई सर्ने खतरा हुन्छ त्यसैले शिक्षण अस्पतालमा रिफर गरिएको हो ।’
जिल्ला अस्पताल धादिङमा छुट्टै शव गृह नभएको र लास राखिने चिस्यान केन्द्र (फ्रीज) नभएकोले लामो समय राखिने शवका कारण दूर्गन्ध फैलिने गरेको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ५ की एचआईभी संक्रमित ३७ वर्षीया कोपिला श्रेष्ठले घरका तरकारी बालीमा हाल्न ल्याइएको किटनाशक औषधि खाएपछि शुुक्रबार उपचारको लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको थियो ।
काठमाडौं लैजाँदै गर्दा धार्के बजारमा पुग्दा मृत्यु भएपछि प्रहरीले जिल्ला अस्पताल फर्काएको थियो । जिल्ला अस्पतालले पोस्टमार्टम नगर्ने भनेर रिफर गरेका कारण उनको शवलाई शनिबार काठमाडौं शिक्षण अस्पताल लगिएको मृतकका श्रीमान शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
विसं २०६२ सालतिर एचआईभी संक्रमण भएकी कोपिलाको २०६६ सालमा मा शंकरसंग विवाह गर्दा नियमित औषधी सेवन गरिरहेकी थिइन् । कोपिलाले आत्महत्या गर्नुको कारण अनुसन्धानपछि मात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।