रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा सम्पन्न

 पुस ११, २०८० बुधबार २०:२१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणगढ–बुटबल सडकमा दबाब यात्रा सम्पन्न गरेको छ ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन दिन लगाएर १ सय १३ किलोमिटर लामो पैदल यात्रा गरेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक खण्ड स्तरोन्नतिमा ढिलाइ भएपछि दबाबस्वरूप यो पैदलयात्रा गरेको रास्वपाले जनाएको छ । 

३ वर्षमा काम सक्ने गरी २०७५ साल माघमा ठेकेदार कम्पनीसँग सम्भौता भएको सडकको ५ वर्ष पूरा हुन लाग्दा ४४ प्रतिशत मात्र काम भएको छ । यात्राका क्रममा स्थानीयवासीले रास्वपाकाे टाेलीलाई स्वागत गर्दै बाटाे नबन्दाकाे समस्या सुनाएका थिए ।

यात्रा सकिएपछि भएको कार्यक्रममा सभापति लामिछानेले बाटो निर्माण सम्पन्न नभएसम्म निरन्तर दबाब दिइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले याे दबाब यात्रा कुनै राजनीतिक अभियान नभएकाे पनि बताउनुभयाे ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ हुँदा याे बाटाे भएर हिँड्ने यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया