यस वर्षको हिउँदमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अझै वर्षा भएन

 पुस १८, २०८० बुधबार १५:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अहिलेसम्म हिउँदे वर्षा भएको छैन ।

पश्चिमी वायुका कारण हिउँदयाममा वर्षा हुन्छ । तर यस वर्ष पश्चिमी वायुको प्रभाव कम रहेकाले पानी नपरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । केही दिनअघि देशको पश्चिमी भागमा आंशिक प्रभाव रहे पनि सशक्त हुन नसक्दा वर्षा नभएको हो ।

गएको वर्ष पनि यो समयमा हिउँदे वर्षा भएको थिएन । फागुन १६ गतेसम्मलाई हिउँदयाम मानिन्छ । त्यसैले त्यस बेलासम्म हिउँदे वर्षा हुन सक्ने भए पनि अहिले लगातार लामो समय पानी नपरेको हो । अहिले नै वर्षा हुने खालको कुनै पनि प्रणाली नदेखिएको मौसमविद् पुडासैनीले बताउनुभयो ।

यतिखेर नेपालका धेरैजसो ठाउँमा गहुँखेतीका लागि हिउँदे वर्षा आवश्यक हुन्छ । तर समयमा पानी नपर्दा उत्पादन घट्ने चिन्ता रहेको किसानहरू बताउँछन् । हिमाली क्षेत्रमा पर्याप्त हिमपात पनि भएको छैन । लामो समय पानी नपर्दा खेतीमा असर पर्नुको साथै प्रदूषण बढेर विभिन्न रोगको जोखिम समेत बढ्न विज्ञहरू बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया