भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टमा पहिलो दिन नै २३ विकेट पतन

 पुस १९, २०८० बिहिबार ६:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट खेलमा पहिलो दिन नै कुल २३ विकेट गुमेको छ । बलर चम्किएको खेलमा पहिलो दिनको समाप्तिमा दक्षिण अफ्रिकाले दोस्रो पारीमा तीन विकेट गुमाएर ६२ रन जोडेको छ।

दक्षिण अफ्रिका अझै पनि ३६ रनले पछि छ । पहिलो दिन नै दुवै टोली अलआउट भएपछि दोस्रो पारीको खेल शुरु भएको हो । भारतले पहिलो पारीमा ९८ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका एडेन माक्ररम ५१ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा र डेविड वेडिङ्घम ७ रनमा छन् ।

भारतका मुकेश कुमारले दुई र जस्प्रित बुमराहले एक विकेट लिए । त्यसअघि भारत पहिलो पारीमा एक सय ५३ रनमा अलआउट भएको थियो । भारतका ७ खेलाडी शून्य रनमा आउट भए ।

केप टाउनमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको थियो । यो भारतसँग कुनै पनि देशले टेष्ट क्रिकेटमा बनाएको कम रन हो । दुई खेलको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिका १–० ले अघि छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया