नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक शुरु

 पुस १९, २०८० बिहिबार १४:३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक शुरु भएकाे छ । बैठक केही बेर अघिदेखि काठमाण्डाैकाे होटल याक एन्ड यतिमा शुरु भएकाे हाे । 

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसहित प्रतिनिधिमण्डल सहभागी हुनुहुन्छ ।

त्यसअघि भारतीय विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र परराष्ट्रमन्त्री साउँदसँग मन्त्रालयमा भेट गर्नुभएकाे थियाे ।

विदेशमन्त्री जयशङ्करले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

उहाँ दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाण्डौ आइपुग्नुभएको थियाे । उहाँ भोलि शुक्रवार भारत फर्कने कार्यक्रम छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया