नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक सम्पन्न

 पुस १९, २०८० बिहिबार १६:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सम्पन्न भएको छ । काठमाण्डौको एक पाँचतारे होटलमा आज बिहीवार भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले गर्नुभएको थियो ।

बैठकमा दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध, व्यापार कनेक्टिभिटी र राजनीतिक सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी  दिनुभयो ।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर आज बिहान काठमाण्डाै आउनुभएको हो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरिसक्नुभएको छ ।

आजै नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो । आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया