रामेछापको कोटगाउँका विद्यार्थीलाई चन्दा उठाएर न्यानो कपडा वितरण

 पुस २१, २०८० शनिबार १०:५८:३१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

स्थानीय बासिन्दाले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी कक्षा १० कक्षासम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिनुभयो ।

विद्यार्थीलाई ट्रयाकसुट, जुत्ता, मोजा, स्वीटर र टोपी वितरण गरिएको छ । प्रध्यानाध्यापक महतले पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान थाल्नुभएको थियो । पोसाक खरिद गर्न नसकेका कारण विपन्न समुदायका बालबालिकाले फरक पोसाक लगाएर विद्यालयमा आउने गरेकोमा अब एउटै पोसाक भएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया