त्रिवि उपकुलपतिको नियुक्ति प्रक्रिया सच्याउने तयारी, पहिलेको विज्ञापन रद्द

 पुस २२, २०८० आइतबार ६:४५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ ।

प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनकाे प्रावधान सच्याउन निर्देशन दिएपछि समितिले अस्ति शुक्रवार सार्वजनिक गरेको विज्ञापन रद्द गरेको हो ।

उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्थासहित समितिले नयाँ विज्ञापन सार्वजनिक गर्ने तयारी गरेको छ । अस्ति प्रकाशित भएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो ।

यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिनुभएको हो । 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया