प्रदेश सभामा पराजित चाैधरीलाई जसपाले राष्ट्रिय सभाकाे उम्मेदवार बनायाे

 पुस २२, २०८० आइतबार १८:१६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश सभामा पराजित पूजा चाैधरीलाई राष्ट्रिय सभा सदस्यकाे चुनावमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा आज आइतवार भएकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

गएकाे मङ्सिर ४ गते भएकाे प्रदेश सभा सदस्य चुनावमा राैतहट निर्वाचन क्षेत्र नम्बर–३ (क) बाट उम्मेदवार बन्नुभएकाे चाैधरी पराजित हुनुभएकाे थियाे । उहाँ स्वतन्त्र उम्मेदवार केशव राय चाैधरीसँग दुई हजार चार सय २३ मतान्तरले पराजित हुनुभएकाे थियाे ।

सत्ता गठबन्धनको भागबन्डामा जसपाले एक सिट पाएको थियाे । राष्ट्रिय सभा सदस्यका लागि भाेलि साेमवार मनोनयन हुँदैछ । आउँदाे माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त सदस्यका लागि चुनाव हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया