‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
मोरङ – चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि आक्रमण भएको छ । बेलबारी नगरपालिकामा आइतबार दिउँसो श्रेष्ठमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर र सहचालकले श्रेष्ठमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
काँकडभित्ताबाट धरान जाँदै गरेको मिक्लुङ यातायातको बसका कन्डक्टर रोशन श्रेष्ठ र सहचालक सुजन श्रेष्ठले बेलबारीको लालभित्तीमा श्रेष्ठलाई कुटपिट हुन् । सिटकाे विषयमा विवाद हुँदा घटना भएकाे हाे । प्रहरीका अनुसार गायक श्रेष्ठलार्इ गाडीका सहचालक र कन्डक्टरले धकेलेकाे स्विकारेका छन् । गायक श्रेष्ठ भने अाफूमाथि अाक्रमण भएपछि प्रहरी चाैकी पुगेका थिए ।
प्रहरीले गाडी र गाडीका चालक निरन घिमिरे र सहचालक श्रेष्ठलाई पक्राउ गरेको छ। कन्डक्टर रोशन श्रेष्ठलाई प्रहरीले खोजिरहेको छ । श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । श्रेष्ठका ‘छपनीले छान छान, डबकीले हान’, कहाँमा काट्यो बेतको लौरी, सिमसिम पानी कान्छी नानीलगायतका गीत चर्चित छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।