वडाध्यक्षले फेसबुक स्टाटसमा अपशब्द लेखेको भन्दै गाउँलेको आपत्ति

 जेठ २७, २०७५ आइतबार १३:५७:४४ | उज्यालो सहकर्मी

पर्वत - पर्वतको महाशिला गाउँपालिकाको केन्द्र परिवर्तनबारे वडाध्यक्ष र स्थानीयबासिन्दाबीच फेसबुकमा जुहारी चलेको छ । 

वडा नं. ३ का वडाध्यक्ष रोशन गुरुङले फेसबुकमा जवाफ दिने क्रममा अपशब्द प्रयोग गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन् । 

स्थानीय शिक्षक धु्रब केसीले महाशिला गाउँपालिकाको केन्द्र बालाकोटमा अपायक परेको भन्दै केन्द्र अन्यत्र सार्नका लागि पहल गर्ने भन्दै लेखेकोे स्टाटसमा वडाध्यक्ष गुरुङले अपशब्द प्रयोग गर्नुभएको हो ।

यस्तै अर्का युवा गोविन्द अधिकारीको स्टाटसमा जवाफ दिँदै उहाँले आफू भएको ठाउँमा कसैले पनि हात लगाउन नसक्ने र हात लगाउने प्रयास गरेमा राम्रो नहुने बताउनुभएको छ । 

वडाध्यक्षले गालीगलौज गरेको भन्दै स्थानीयबासिन्दाले आपत्ति जनाएका छन् । अहिले गाउँपालिकाको केन्द्र वडाध्यक्ष गुरुङकै वडामा पर्छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया