अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा भारतको जित

 पुस २७, २०८० शुक्रबार ६:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ ।

जितका लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । भारतका शिवम् दुबे ६० रनमा अविजित रहे ।

अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । आजमतुल्लाह ओमरजाइले १ विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।

अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाए । भारतका अक्षर पटेल र मुकेश कुमारले समान २ विकेट लिए । शिवम् दुबेले १ विकेट लिए । दोस्रो टी–२० खेल पर्सि हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया