बाग्मती, कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : तराईमा हुस्सु र कुहिरो

 पुस २७, २०८० शुक्रबार ८:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । बिहान काठमाण्डौ उपत्यकासहित कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको र बाँकी अरु ठाउँमा सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । आज शून्य दशमलव ४ डिग्री घटेको हो । तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाले तराई/मधेस क्षेत्रको मौसमी अवस्थालाई विश्लेषण गरी शीतलहर घोषणा गर्ने तयारी गरेको छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कोशीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने पूर्वानुमान छ ।

नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया