प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेश, लुम्बिनी र पुलिस क्लबको विजयी शुरुवात

 पुस २८, २०८० शनिबार १६:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । काठमाण्डौको मूलपानी मैदानमा मधेशले कोशी प्रदेशलाई ७ विकेटले हरायो ।

१ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको मधेशले २० ओभर एक बलमा ३ विकेट गुमाएर भेटायो । उसका अनिल कुमार शाहले ५४ बलमा ८८ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीका अंकित सुवेदीले सर्वाधिक ४० रन बनाए । मधेशका प्रदीप पासवानले ३ विकेट लिए।

आजै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई ६८ रनले हरायो । पुलिसले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याएको बाग्मती ४२ ओभर ३ बलमा २ सय १४ रन बनाउँदा अलआउट भयो ।

बाग्मतीका आशुतोश घिरैयाले ९२ र इशान पाण्डेले ४४ रन बनाए । पुलिसका सागर ढकालले तीन तथा करण केसी, राशिद खान र दीपेन्द्रसिँह ऐरीले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसका लागि राशिद खानले सर्वाधिक १ सय ६ रन बनाए । बलिङतर्फ बाग्मतीका रिजन ढकाल र सूर्य तामाङले ३/३ विकेट लिए ।

आजै भैरहवामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हरायो । गण्डकीले दिएको १ सय १२ रनको लक्ष्य लुम्बिनीले २८ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । लुम्बिनीका लागि म्रिनल गुरुङले ४७ रन बनाए ।

बलिङतर्फ गण्डकीका कमल परियार र विपिन खत्रीले ३/३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाए । लुम्बिनीका अजय चौहानले ५ र एमडी हुसैनले दुई विकेट लिए ।

आजदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा पहिलो पटक राउन्ड रोविन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् । हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटक देखि शीर्ष चार टोलीले इलिट ट्रफी पनि खेल्न पाउने भएका छन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया