इजरायललाई समर्थन गरेपछि दक्षिण अफ्रिकाले यू–१९ विश्वकपका कप्तानलाई हटायो

 पुस २८, २०८० शनिबार १७:४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलको समर्थनमा बयान दिएको भन्दै दक्षिण अफ्रिकाले १९ वर्ष मुनिको क्रिकेट टोलीका कप्तान डेभिड टिगरलाई जिम्मेवारीबाट हटाएको छ । विश्वकप शुरु हुनुभन्दा एक हप्ताअघि दक्षिण अफ्रिकाले कप्तान टिगरलाई हटाएको हो ।

डेभिड टिगर यहूदी हुन् र उनले इजरायली सैनिकहरूको प्रशंसा गरेको बयानपछि लगातार आलोचनाको सामना गरिरहेका थिए । दक्षिण अफ्रिकाले आयोजना गरेको यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता जनवरी १९ बाट शुरु हुँदैछ ।

क्रिकेट साउथ अफ्रिका (सीएसए) ले एक विज्ञप्ति जारी गर्दै इजरायलको पक्षमा दिएको बयानका कारण कप्तान टिगरविरुद्ध प्रदर्शन हुने र आक्रमणको सम्भावनालाई ध्यान दिएर निर्णय लिइएको जनाएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया