कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

 माघ १, २०८० सोमबार ९:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको तर एक/दुई दिनपछि पानी पर्न सक्ने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुुभयो ।

यस्तै, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा पानी नपरे पनि हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यस्तै, कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद् सरोज पुडासैनीले बताउनु भयो । तराई मधेसका जिल्लामा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया