राेहित पाैडेलकाे 'अलराउन्ड' प्रदर्शनमा एपीएफकाे लगातार दाेस्राे जित

 माघ १, २०८० सोमबार १५:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ ।

आज भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो । कोशीले दिएको १ सय ३६ रनको लक्ष्य एपीएफले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । एपीएफका कप्तान रोहित पौडेलले ८० रन बनाए । कोशीका फिर्दाेश अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले समान १ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४ ओभर ३ बलमा १ सय ३५ रनमा अल आउट भयो । कोशीका फिर्दाेश अन्सारीले सर्वाधिक ५५ रन बनाए । एपीएफका अविनाश बोहरा र कप्तान रोहित पौडेलले समान ३ विकेट लिए ।

यो जितसँगै एपीएफ ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा कोशीको लगातार दोस्रो हार हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया