प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र सुदूरपश्चिमकाे विजयी शुरुवात

 माघ १, २०८० सोमबार १८:९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेका छन् ।

आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई १ सय २६ रनले हरायाे । आर्मीले दिएको ३ सय २१ रनको लक्ष्य पछ्याएको मधेस ४८ ओभर ४ बलमा १ सय ९४ रनमा अल आउट भयो । मधेसका पवन सर्राफले सर्वाधिक ६५ रन बनाए । आर्मीका शाहब आलमले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २० रन बनायो । आर्मीका कप्तान विनोद भण्डारीले शतक बनाए । भण्डारी ९३ बलमा १ सय १३ रन बनाएर आउट भए । मधेसका रञ्जित कुमारले ५ विकेट लिए ।

यो जितसँगै आर्मी २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । मधेस २ खेलमा २ अङ्कसहित छैटौँ स्थानमा छ ।

आजै भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हरायाे । लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका शेर मल्लले नट आउट ४२ रन बनाए । लुम्बिनीका अभिशेक गौतमले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४८ ओभर ४ बलमा १ सय ५८ रनमा अल आउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले सर्वाधिक ४२ रन बनाए । सुदूरपश्चिमका नारायण जोशीले ३ र भोजराज भट्टले २ विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिम २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी २ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ ।

यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष ४ टोलीले ‘इलिट ट्रफी’ पनि खेल्न पाउने भएका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया