फिफा वर्ष खेलाडीको अवार्ड लियोनल मेस्सीलाई

 माघ २, २०८० मंगलबार ७:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड जितेका छन् ।

आज बिहान लण्डनमा भएको कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड वितरण गरिएको छ । आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पे पनि छनोटमा परेका थिए ।

मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान तथा विश्वभरका खेल पत्रकार र समर्थकले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । उनले यसअघि सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले विश्व कपको उपाधि जितेको थियो ।

त्यस्तै, आइटाना बोनमाटा पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । एडरसन सन् २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर भएका छन् । उनले म्यानचेस्टर सिटीलाई ऐतिहासिक तीन उपाधि जिताउन भूमिका खेलेका थिए । सिटीकै पेप ग्वार्डिवाला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक भएका छन् । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया