पुलिस र सुदूरपश्चिमको लगातार दोस्रो जित, बाग्मतीको जितमा सूर्य तामाङले लिए 'ह्याट्रिक' सहित ६ विकेट

 माघ २, २०८० मंगलबार १८:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको पुलिस क्लब र सुदूरपश्चिम प्रदेश लगातार दोस्रो खेलमा विजयी भएका छन् ।

पुलिसले कोशी प्रदेशलाई ७ विकेटले हरायो । कोशीले दिएको १ सय ६७ रनको लक्ष्य पुलिसले २३ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । पुलिसका अर्जुन साउदले नट आउट ६२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरी १७ बलमा ३८ रन बनाउँदै नट आउट रहे ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४८ ओभर २ बलमा १ सय ६६ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले शतक बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पुलिसका करण केसीले ३ तथा ललित राजवंशी र सुनिल धमलाले समान २ विकेट लिए । यो जितसँगै पुलिस ४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । कोशीको यो लगातार तेस्रो हार हो ।

प्रतियोगिताको अर्काे खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १ सय ३४ रनले हरायो । सुदूरपश्चिमले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७ ओभर २ बलमा १ सय ४३ रनमा अल आउट भयो । कर्णालीका दिवन पुनले सर्वाधिक ३८ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए ।

यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७७ रन बनायो । सुदूरपश्चिमका ३ जना खेलाडीले अर्धशतक बनाए । उसका खडक बोहोरा ८०, टेक रावत ५९ र किरण ठगुन्नाले ५० रन बनाए । कर्णालीका दिनेश अधिकारी, उनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १ विकेट लिए । यो जितसँगै सुदूरपश्चिम ४ अङ्कसहित दोस्रो स्थानमा छ । कर्णाली २ खेलमा २ अङ्कसहित ८ औँ स्थानमा छ ।

यस्तै अर्काे खेलमा बाग्मती प्रदेशले मधेस प्रदेशलाई ८६ रनले हराएको छ । बाग्मतीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको मधेस २९ ओभरमा १ सय ४ रनमा अल आउट भए । मधेसका पवन सर्राफले सर्वाधिक ४५ रन बनाए । बाग्मतीका सूर्य तामाङले 'ह्याट्रिक' सहित ६ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मती ४९ ओभर २ बलमा १ सय ९० रनमा अल आउट भयो । बाग्मतीका प्रतिस जीसीले ५९ रन बनाए । मधेसका रुपेश सिंह र अर्निको यादवले समान २ विकेट लिए । यो जितसँगै बाग्मती २ अङ्कसहित छैटौँ स्थानमा छ । मधेस समान अङ्क भए पनि नेट रन रेटको आधारमा सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया