पश्चिमी वायु निस्क्रिय भएपछि पानी पर्ने सम्भावना केही दिनलाई टर्यो

 माघ ५, २०८० शुक्रबार ९:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पश्चिमी वायुु निस्क्रिय भएपछि पानी पर्ने सम्भावना केही दिनलाई टरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको मंगलवार र बुधवार पश्चिमी वायु सक्रिय हुँदा केही ठाउँमा हल्का पानी परेको थियो । तर हिजोदेखि पश्चिमी वायु फेरि निस्क्रिय भएको हो । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य र बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज पनि तराई मधेसका धेरै ठाउँमा बाक्लो हुस्सु कुहिरो लागेकाले चिसो बढेको छ ।

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री रहेको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया