प्रधानमन्त्री ओलीको परराष्ट्र सल्लाहकारमा डाक्टर राजन भट्टराई

 कात्तिक २६, २०७५ सोमबार १३:१५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा डाक्टर राजन भट्टराईलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले नेकपाका नेता समेत रहेका डाक्टर भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । 

उहाँ माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार हुनुहुन्थ्यो । नेपाल र भारतबिच विभिन्न समयमा भएका सन्धि र सम्झौताको पुनरावलोकन गर्न गठन भएको दुईदेशका प्रवुद्ध ब्यक्तिहरुको समूह ईपीजीका सदस्य पनि हुनुहुन्थ्यो ।

यस्तै मन्त्रीपरिषद बैठकले इन्द्र भण्डारीलाई प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त गरिएको छ । मन्त्रीपरिषदका निर्णय चाँडै पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरिएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया