अफगानिस्तानले ४३ रनमा ६ विकेट गुमायाे, आकाश चन्दले ५ विकेट लिए

 माघ १२, २०८० शुक्रबार १५:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानसँगको खेलमा टस हारेर बलिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा भइरहेको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले १२ ओभरमा ६ विकेट गुमाएर ४७ रन बनाएकाे छ । नेपालका आकाश चन्दले पाँच विकेट लिए । यस्तै गुलसन झाले एक विकेट लिए ।

यो खेल नेपाल र अफगानिस्तान दुवैका लागि महत्त्वपूर्ण छ । समूह ‘डी’ मा रहेका दुवै टोली अङ्कविहीन छन् । यो खेल जित्ने टोली ‘सुपर सिक्स’ मा पुग्नेछ । पराजित हुने टोलीले १३ देखि १६ औँ स्थानका लागि ‘प्लेअफ’ खेल्नुपर्ने हुन्छ ।

नेपाल र अफगानिस्तान यसअघि आफ्ना दुई वटै खेलमा पराजित भएका थिए । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक सय ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया