प्रधानमन्त्री कप क्रिकेटमा पुलिसकाे लगातार छैटाैँ जित

 माघ १२, २०८० शुक्रबार १५:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार छैटौँ खेलमा विजयी भएको छ ।

कीर्तिपुरमा आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई छ विकेटले हरायो । कर्णालीले दिएको १ सय ७२ रनको लक्ष्य नेपालले २३ ओभर ४ बलमै भेटायो । पुलिसका दिलिप नाथले नट आउट ७५, कुशल भुर्तेलले ४३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कर्णालीका प्रकाश जैशीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली ४२ ओभर ५ बलमै १ सय ७१ रनमा अल आउट भयो । कर्णालीका निश्चल रावलले ५०, कप्तान रविन्द्र शाहीले ४० रन बनाए । पुलिसका सागर ढकालले ३, ललित भण्डारीले २ विकेट लिए । पुलिस १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । कर्णाली छ अङ्कसहित सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया