समृद्ध नेपाल निर्माणको लक्ष्य ने क पा ले पूरा गर्छ : नेता खनाल

 कात्तिक २६, २०७५ सोमबार १८:३९:२१ | सुजता सुनुवार
unn.prixa.net

इलाम – समृद्ध नेपाल निर्माणको लक्ष्य ने क पा ले पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी ने क पा का वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ने क पा दक्षिण एसियाकै ठूलो पार्टी भएको दाबी गर्दै नेता खनालले भन्नुभयो, ‘समृद्ध नेपाल  निर्माणको लक्ष्य पूरा हुने आधार तयार भएको छ ।’ ने क पा ले सोमबार इलाममा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले संविधानको भावना अनुसार समाजवादी बाटोको अगुवाई पार्टीले गरिरहेको समेत बताउनु भयो ।

सरकार परिवर्तन तथा राष्ट्रिय सरकारका विषयमा पत्रकारले राखेको चासोलाई सम्बोधन गर्दै नेता खनालले दुईतिहाई जनमत भएको सरकार आफैंमा शक्तिशाली हुने र  यो नै वास्तवमा राष्ट्रिय सरकार भएकोले समृद्ध नेपाल निर्माणमा एकजुट भएर लागि परिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा ने क पा का उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले पनि इलामको विकासको लागि आपूmहरुले पहल गरीरहेको बताउनुभयो ।

इलामको निर्माणाधीन सुकिलुम्बा विमानस्थल कालोपत्रे गर्ने र सञ्चालनमा ल्याउने, झापाको दमकदेखि रवीसम्मको बाटो कालोपत्रे गर्ने, धनकुटाको भेडेटारदेखि इलाम जोड्ने बाटो कालोपत्रे गर्ने, विद्युतीकरण, खानेपानी जस्ता कार्यक्रमहरुमा आपूmहरुले पहल गरिरहेको उहाँको भनाई थियो ।

चियापान कार्यक्रममा इलामबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका नेकपाका सांसदहरु, नेपाली कांग्रेसकी सांसद सुजता परियार, इलामका सबै संरचनाका प्रमुख तथा जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी संघसंस्थाका प्रमुखहरु, ने क पा का नेता तथा कार्यकर्ता र विद्यार्थीहरुको उपस्थितिमा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न भएको छ  । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया