रियल मड्रिडले गर्‍याे सोलारीलाई स्थाई प्रशिक्षकमा नियुक्त

 कात्तिक २७, २०७५ मंगलबार ८:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडले अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीलाई स्थाई प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले रियल र सोलारीवीचको सम्झौता स्पेनिस फुटबल संघमा बुझाएको हो ।

तर पनि रियलले यसको औपचारिक घोषणा भने गरेको छैन । यस अघिका प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेर दुई साताअघि दोस्रो टिमका प्रशिक्षक सोलारीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

१५ दिनभन्दा बढी अन्तरिम प्रशिक्षक राख्न नपाउने स्पेनिस फुटबल संघको नियम अनुसार रियलले सोलारीलाई नै निरन्तरता दिने निर्णय गरेको हो । प्रशिक्षण सम्हालेयता सोलारीले रियललाई सबै चार खेलमा जित दिलाएका थिए, जुन क्लबको इतिहासमा कुनै पनि प्रशिक्षकको सबैभन्दा राम्रो सुरुवात हो ।

उनले कोपा डेल रे अन्तर्गत मेलिल्लालाई, च्याम्पियन्स लिगमा भिक्टोरिया प्लाजेनलाई र ला लिगामा रियल भालाडोलिड र सेल्टा डि भिगोमाथि जित दिलाएका थिए । जसका कारण रियल मड्रिड ला लिगामा बार्सिलोनाभन्दा चार अंकमात्र पछि छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया