१९ वर्षमुनिकाे साफ महिला च्याम्पियनशिपमा नेपालले भुटानलाई हरायाे

 माघ २१, २०८० आइतबार १८:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई हराएको छ ।

ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई १–० ले हरायो । नेपालका लागि खेलको ५४ औँ मिनेटमा सेनु परियारले गोल गरिन् ।

यसअघि गएको शुक्रवार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । आजको जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग पर्सि मङ्गलवार खेल्नेछ ।

प्रतियाेगिताकाे फाइनल खेल माघ २५ गते हुनेछ । बङ्गलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ वटा टोली सहभागि प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया