पाँचथरमा मंसिर ३ गतेदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु हुने

 कात्तिक २७, २०७५ मंगलबार ९:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – पाँचथरमा आउँदो मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु हुने भएको छ । परिचय पत्र जिल्ला प्रशासन कार्यालय र विवरण संकलन भएको गाउँपालिकाको वडा केन्द्रबाट वितरण गरिनेछ ।

जिल्लामा अहिलेसम्म ५० हजार नौँ सय ७४ जना नेपाली नागरिकको विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारिले वताउनुभयो । पाँचथर जिल्लामा गएको असार ५ गतेदेखि विवरण संकलन कार्य सुरु गरिएको थियो ।

कातिक १५ गतेबाट परिचय पत्रको कार्ड छपाइको काम भैरहेको राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले बताउनुभयो । जिल्लामा आउँदो पुस १५ गतेसम्ममा संकलनको काम सक्ने काफ्लेको भनाइ छ । 

पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबार भित्रका कर्मचारिहरुलाई राष्ट्रिय परिचय पत्र  प्रदान गर्ने र दोस्रो चरणमा १५ जिल्लामा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलनको काम थालिने महानिर्देशक काफ्ले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया