क्यानडासँगकाे शृङ्खला र लिग–२ का लागि नेपाली टोलीकाे घोषणा

 माघ २२, २०८० सोमबार ११:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ क्यानले क्यानडासँग खेल्ने तीन एक दिवसीय शृङ्खला र आईसीसी विश्वकप लिग–२ अन्तर्गतको नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक शृङ्खलाका लागि टोली घोषणा गरेको छ ।

दुवै प्रतियोगितामा रोहित पौडेल कप्तान छन् । क्यानडासँग खेल्ने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह छन् ।

यस्तै, लिग–२ खेल्ने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल छन् । प्रतिस जिसी, देव खनाल, अनिल साह र विवेक यादवलाई वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ ।

नेपालले क्यानडासँग घरेलु मैदानमा माघ २५ गतेदेखि २९ गतेसम्म र लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला फागुन ३ गतेदेखि १२ गतेसम्म खेल्नेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया