विश्वकप खेलेको नेपाली युवा क्रिकेट टोली स्वदेश आइपुग्यो

 माघ २२, २०८० सोमबार १५:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकप क्रिकेट खेलेको नेपाली युवा टोली स्वदेश फर्किएको छ । टोली बिहान काठमाण्डौ आइपुगेको हो ।

विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट सङ्घका पदाधिकारीसँगै समर्थकले स्वागत गरेका थिए । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल ‘सुपर सिक्स’ सम्म पुगेको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको प्रतिक्रिया दिए । उनले नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए ।

यस्तै गुल्सन झाले समग्रमा विश्वकप राम्रो भएको बताए । आकाश चन्दले टोलीले राम्रोसँग खेलेको भन्दै 'सुपर सिक्स' मा पुग्नु नै देश र आफूहरूका लागि राम्रो कुरा भएको बताए । सुवास भण्डारीले प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर पाएको प्रतिक्रिया दिए । यस्तै टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरूको प्रदर्शनबाट खुशी रहेको बताए ।

समूह चरणमा नेपालले न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहाेर्दा अफगानिस्तानलाई हराएकाे थियाे । त्यस्तै 'सुपर सिक्स' मा नेपाल बङ्गलादेश र भरतसँग पराजित भएको थियाे ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया