१९ वर्षमुनिकाे साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै

 माघ २३, २०८० मंगलबार ९:५३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्गलादेशको ढाकामा चलिरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । खेलमा जित भएमा नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । चार टोली सहभागी प्रतियोगितामा आयोजक बङ्गलादेश दुई खेलबाट ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

नेपाल र भारतको दुई खेलबाट समान तीन अङ्क छ । लगातार दुई हार बेहोरेको भुटान अङ्कविहीन छ । नेपाल र भारतको समान अङ्क भए पनि भारत गोल अन्तरमा अघि छ । आजको खेलमा भारतले नेपालसँग बराबरी खेलेमा पनि फाइनल पुग्नेछ । प्रतियोगिताको फाइनल खेल पर्सि हुनेछ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया