घरेलु टोली कतारलाई एसियन कप फुटबलको उपाधि : अक्रम अफिफको ह्याट्रिक

 माघ २८, २०८० आइतबार ६:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एएफसी एसियन कप फुटबलको उपाधि घरेलु टोली कतारले जितेको छ । कतार लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । गएराति भएको फाइनलमा जोर्डनलाई ३–१ गोलले हराउँदै कतारले उपाधि जित्यो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक गरे ।

उनले सबै गोल पेनाल्टीमा गरेका हुन् । खेलको २२ औँ, ७३ औँ र खेलको इन्ज्युरी समयको पाँचौ मिनेटमा पेनाल्टीमार्फत् गोल भएको हो । जोर्डनका लागि ६७ औँ मिनेटमा यजान अल–नैमातले एक गोल फर्काए । जोर्डन पहिलो पटक उपाधि जित्न असफल भयो । यसअघि कतारले सन् २०१९ मा जापानलाई ३–१ गोलले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया