प्रिमियर लिगमा लिभरपुलले बर्नलीलाई हरायो : दोस्रो स्थानको सिटीसँग दुई अङ्कको अग्रता

 माघ २८, २०८० आइतबार ६:३१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई ३–१ गोलले हराएको छ । लिभरपुल २४ खेलमा ५४ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । हिजो भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २ गोलले हराउँदै केहीबेर शीर्ष स्थानमा उक्लिएको थियो ।

तर, सिटीको शीर्ष स्थान धेरै समय रहेन । सिटीको २३ खेलमा ५२ अङ्क छ । अरु खेलमा बे्रन्टफोर्डले उल्भ्स्लाई, फुलहमले बर्नमाउथलाई, टोटनहमले ब्राइटनलाई, सेफिल्ड युनाइटेडले लुटन टाउनलाई र न्यूक्यासलले नटिङघम फरेस्टलाई हराएको छ । आज आर्सनल र वेस्टह्याम तथा म्यानचेस्टर युनाइटेड र एस्टनभिल्लाबीच खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया