एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित : भुटान ८ विकेटले पराजित

 माघ २८, २०८० आइतबार १०:१८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हरायो । जितका लागि भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो।

नेपालका सीता राना मगरले अविजित ३२ र रुविना क्षेत्रीले अविजित १७ रन बनाइन । कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भइन । नेपालले ११ रन अतिरिक्त पाएको हो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । भुटानका नवाङ छोडेनले २५ रन जोडिन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रन बनाइन ।

हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो । नेपालको २ खेलमा ४ अङ्क भएको छ । पर्सि मंगलवार माल्दिभ्ससँग हुने खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । त्यस्तै फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया