शेयर बजार २७ अङ्कले घट्याे

 फागुन ६, २०८० आइतबार १८:५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव २१ अङ्कले घटेर दुई हजार ३४ दशमलव ८२ अङ्कमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज साम्लिङ पावर कम्पनीको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

उच्च अङ्कले बजार घटकाे दिन आज एक करोड सात लाख कित्ता शेयर तीन अर्ब ७७ लाख रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया