सात महिनाको व्यापार घाटा आठ खर्ब ११ अर्ब रुपैयाँ पुग्यो

 फागुन ९, २०८० बुधबार १६:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशको व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गएको साउनदेखि माघ मसान्तसम्मको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा एक दशमलव ७७ प्रतिशतले कम हो ।

यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको कुल वैदेशिक व्यापार नौ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको भएको छ । गएको आर्थिक वर्षको त्यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएको थियो ।

चालु आर्थिक वर्षमा आयात अघिल्लो वर्षको भन्दा दुई दशमलव ३१ प्रतिशतले कम र निर्यात अघिल्लो वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशतले कम भएको छ । देशको व्यापार २९ वटा देशसँग नाफामा छ भने एक सय २८ वटा देशसँग घाटामा छ ।

विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी व्यापार घाटा भारतसँग चार खर्ब ९६ अर्ब रुपैयाँ छ । यसैबीच चालु आर्थिक वर्षको पहिलो सात महिनामा ६ हजार एक सय ५९ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

गएको वर्षको त्यही अवधिमा दुई हजार ९ वटा विद्युतीय जीप, कार तथा भ्यान आयात भएको थियो । गएको वर्षको तुलनामा यसवर्ष तीन गुणा बढी विद्युतीय गाडी आयात भएका हुन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया