मैदान हिलाे भएपछि नामिबिया र नेदरल्याण्डसकाे खेलमा ढिलाइ

 फागुन ११, २०८० शुक्रबार १०:४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेदरल्याण्डबीचको खेलको टस ओसिलो मैदानका कारण प्रभावित भएको छ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा सवा ९ बजे शुरु हुने खेलका लागि हुनुपर्ने टस ओसिलो मैदानका कारण केही समय पछि सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । हिजोको वर्षाले मैदान ओसिलो बनाएको हो ।

लिग–२ को जारी शृङ्खलामा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालसँगको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हारेको थियो । त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हारेको थियो । नेदरल्याण्डस र नामिबियाबीच अहिलेसम्म भएका दुई एक दिवसीय खेलमा दुवै खेल नेदरल्याण्डस्ले जितेको छ ।

यो खेलपछि पर्सि आइतवार नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । लिग– २ मा आठ वटा देश खेलिरहेका छन् । नेपालसहित नेदरल्याण्डस्, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आईसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टोली विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया