ददि सापकाेटाकाे नयाँ कृति 'जीवगाथा' लाेकार्पण

 फागुन १२, २०८० शनिबार १८:१२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लेखक एवम् पत्रकार ददि सापकोटाको नयाँ कृति 'जीवगाथा' लोकार्पण भएको छ । काठमाण्डाैकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक ददि सापकोटाले पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवालले प्रकृति एवम् जीवजनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा ददि सापकोटाको जीवगाथा विशेष रहेको बताउनुभयो । जीवजनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको पुस्तकको महत्त्व रहेको उहाँको भनाइ छ ।

वर्षाैँअघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीवजनावर आदिमा आकर्षित गरेको लेखक ददि सापकोटाले बताउनुभयो ।

पुस्तकमा जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलाप समेटिएको छ । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक सापकोटाले यसअघि 'पन्छी जगत्', 'त्यो नेपाल', 'दुखेको युरोप' र 'वनको वैभव' पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया