काठमाण्डौको हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु

 फागुन १३, २०८० आइतबार ९:१४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा वढ्दै गएको वायु प्रदूषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन हाँडीगाउँको अंशुवर्मा डबलीबाट ‘हावाको कुरा गरौँ’ अभियान शुरु भएको छ । काठमाण्डौ महानगरपालिकाले विभिन्न निकायसँगको सहकार्यमा अभियान शुरु गरेको हो ।

अभियान शुरु गर्नु अघि हिजो नारायण चौरबाट पैदल यात्रा गर्दै प्रदूषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो । कार्यक्रममा काठमाण्डौ महानगरका प्रवक्ता नवीन मानन्धरले उपत्यकाको हावा स्वच्छ बनाउने अभियान शुरु गरेको बताउनुभयो । 

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ ।

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण सुधार गर्ने कार्यक्रमका बारेमा यूएसएडका स्वच्छ हावा परियोजनाका प्रमुख भुषण तुलाधरले, प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ भएको बताउनुभयो ।

के कारणले सहरको वायु प्रदूषण भइरहेको छ । यसका असर कस्ता हुन्छन्, असर कसरी घटाउन सकिन्छ, स्थानीय अवस्था र आवश्यकताका विषयमा उपत्यका विभिन्न ठाउँहरुमा कुरा हुनेछ  ।

विश्वभर वायु प्रदूषणका कारण वर्षमा झण्डै ७० लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा ४२ हजार १ सय र काठमाण्डौमा मात्र वर्षेनी ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदूषण रहेको पछिल्ला अध्ययनहरुले देखाएका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया