विकास निर्माण र पूर्वाधारमा असहयोग भयाे : अध्यक्ष सिंह

 फागुन १३, २०८० आइतबार १२:९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले २० हजार भन्दा धेरै आयोजनाको एकमुष्ट म्याद थप्नु पर्ने बताउनुभएको छ । २०८० असार २१ मा सबै आयोजनाको म्याद थप गर्नु भनेर सरकारले निर्देशन दिएपनि अहिलेसम्म दुई हजार पनि आयोजनाको म्याद थप नभएको बताउनुभयो ।

उहाँले सरकारले निर्देशन दिएपनि निर्देशनको पालना नगर्ने आयोजना प्रमुखलाई कुनै कारबाही हुन नसकेको बताउनुभयो । विकास निर्माण र पूर्वाधारमा सरकार र कर्मचारीबाटै असहयोग हुँदै आएको उहाँको गुनासो छ । सरकारले निर्माण सम्पन्न भएका आयोजनामा लामो समयदेखि भुक्तानी नदिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको भनाई छ । उहाँका अनुसार निर्माण व्यवसायीले झण्डै ६० अर्ब रुपैयाँ भुक्तानी पाउँन नसकेको अवस्था छ ।

भौतिक पूर्वाधारको निर्माण सुस्त हुँदा अहिले अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । महासङ्घका अध्यक्ष सिंहले सरकारले बेलैमा भुक्तानी नदिए निर्माण क्षेत्रसँगै सिमेन्ट तथा डन्डीजस्ता उद्योग र अर्थतन्त्र नै चलायमान हुन नसक्ने बताउनुभयो । सरकारले आन्तरिक वा वाह्य ऋण लिएर भएपनि अर्थतन्त्र र निर्माणका गतिविधिलाई चलायमान बनाउनुपर्नेमा उहाँको जोड छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया