त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

 फागुन १४, २०८० सोमबार ९:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नामिबिया र नेदरल्याण्डससँग भोलिदेखि हुने त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले हिजो रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् । टी–२० शृङ्खलाको पहिलो खेलमा भोलि नेपालले नामिबियासँग खेल्दैछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया