खाेटाङमा एक हप्ताकी सुत्केरीकाे ज्यान गयाे

 फागुन १४, २०८० सोमबार १८:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

खाेटाङ – खोटाङमा एक हप्ताकी सुत्केरीको ज्यान गएको छ । गएको ७ गते जिल्ला अस्पताल खोटाङमा सामान्य सुत्केरी भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ७ दोर्पाचिउरीडाँडाकी २३ वर्षकी लक्ष्मी बुढाथोकीको ज्यान गएको हो ।

घर गइसकेकी सुत्केरीलाई श्वास फेर्न गाह्राे हुने, शरीर सुन्निने, खोकी लाग्ने लगायतका समस्या देखिएपछि गए राति पुनः जिल्ला अस्पतालमा लगिएको थियो । जिल्ला अस्पतालले थप उपचारका लागि अन्यत्र लैजान भनेपछि काठमाण्डौ लैजाने क्रममा बिहान सिन्धुलीको मुल्कोटमा ज्यान गएको जिल्ला अस्पताल खोटाङका डा. रुपेश संग्रौलाले बताउनुभयो । अस्पतालले अक्सिजनसहित एम्बुलेन्समा पठाए पनि बचाउन नसकेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया