चन्द्रागिरिमा ढक तराजु जाँच शिविर सञ्चालन हुने

 फागुन १५, २०८० मंगलबार ९:८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा ढक तराजु दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ । चन्द्रागिरि नगर उद्योग वाणिज्य सङ्घको सहयोगमा नगरपालिकाले भोलिदेखि यही फागुन २१ गतेसम्म ढक तराजु जाँच शिविर सञ्चालन गर्न लागेको हो ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालयसँग समेतको सहकार्यमा यो शिविर सञ्चालन हुन लागेको नगरपालिकाको आर्थिक विकास शाखाले जनाएको छ । ढक तराजु परीक्षणका क्रममा व्यापारी तथा व्यवसायीहरूले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, उपलब्ध भएमा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि समेत संलग्न गर्नुपर्नेछ ।

साथै, ढक तराजु खरिद गरेको ३५ दिन नकटेको अवस्थामा बिल तथा कटेको अवस्थामा ढक तराजु अनिवार्य रूपमा शिविरमा लानुपर्ने नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ । ढक तराजुको दर्ता नवीकरणले उपभोक्ताले गुणस्तरीय तथा उचित परिणाममा सामान खरिदको अधिकार थप सुरक्षित हुने नगरपालिकाको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया