धनकुटा नगर क्षेत्रमा व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै गरिने

 फागुन १५, २०८० मंगलबार ९:१३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै गरिने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसायसम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो । यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिलालगायतका लागि नगरपालिका कार्यालयमा नै पुग्नुपर्ने बाध्यता थियो ।

तर, अब व्यवसायसँग सम्बन्धी सम्पूर्ण काम वडाबाटै हुने गरी अधिकार प्रत्यायोजन गरिएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जानकारी दिनुभयो । यसले व्यवसायीलाई केही सहज हुने भएको छ ।

वडाबाटै सेवा शुरु गर्नुअघि १० वटै वडाका कर्मचारीलाई प्रशिक्षण समेत दिइएको छ । धनकुटा नगरपालिकाका राजश्व अधिकृत राजु गुरागाईँका अनुसार नगरमा झण्डै तीन हजार व्यवसाय दर्ता छन् । वार्षिक रुपमा दुई सयको सङ्ख्यामा नयाँ व्यवसाय दर्ता हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया