पाँच वटा जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

 फागुन १५, २०८० मंगलबार १२:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँच वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका छन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका हुन् ।  स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसारले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा छन् ।

पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शतप्रतिशत खोप लगाएको हुनुपर्छ । ती पाँच वटा जिल्लाका १६ पालिकालाई पूर्ण खोप घोषणा गर्न बाँकी नै छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, सन् २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् ।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार एक प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुनु परेको थियो । कोरोना महामारीका कारण विगतमा बालबालिका खोप लगाउन छुटेका डा गौतमले बताउनुभयो । विभिन्न रोगबाट बचाउनका बालबालिकालाई सरकारले निःशुल्क खोप दिने गरेको छ ।

सरकारले १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क दिन्छ । पोलियो खोप, हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया तथा दादुरा/रुबेलाविरुद्धको खोपलगायत रहेका छन् । सरकारले पूर्ण खोपको सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यानमा राखेर अहिले दादुरा–रुबेला खोप अभियान पनि सञ्चालन गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया