मानसिक समस्याबाट खोरमा थुनिएकी खोटाङकी फुर्दिकुलाई अस्पताल भर्ना

 फागुन १५, २०८० मंगलबार १२:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – मानसिक समस्याका कारण खोरमा थुनिएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलाकी फुर्दिकु शेर्पालाई उद्धार गरेर अस्पताल भर्ना गरिएको छ । उहाँलाई निःशुल्क उपचार गर्नेगरी मानसिक अस्पताल लगनखेल, ललितपुरमा भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

अनियन्त्रित व्यवहार देखाउन थालेपछि शेर्पालाई परिवारले खोर बनाएर थुनेर राखेका थिए । यस पटक पटक उपचार गर्दा आर्थिक अवस्था कमजोर भएपछि अहिले सहयोग पनि जुट्न थालेको छ । अहिलेसम्म ३२ दाताबाट ५१ हजार भन्दा धेरै सहयोग सङ्कलन भैसकेको छ । पत्रकार चिसाङ शेर्पाको पहलमा आर्थिक सहयोग जुट्न थालेको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया